२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गर्नुभएको छ । अर्थतन्त्र राम्रो अवस्थामा नरहेकाले ब्याज न्यूनीकरणले धेरै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रमा मन्त्री रिजालले भन्नुभयो, “निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुन्छ, जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।”

निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।