२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति पदको दाबेदार रहेका ३ नेताबीच  छलफल



अ+ अ-

काठमाडौ। नेपाली कांग्रेसको १४ औ  महाधिवेशनमा सभापतिको लागि दाबी गर्दै आएका तीन नेता छलफलमा जुटेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफनो बैबाहिक बार्षिक उत्सवको अबसर नेताहरुलाइ लन्च छलफलमा बोलाउनु भएको थियो । 

निधि निबास मध्यबानेश्वरमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी हुनु भएको छ । उहाँहरु बीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशन लगायत समसामयिक बिषयमा कुरा भएको थियो । 

उता सभापति शेरबहादुर देउबाले पनि बिभिन्न प्रदेशका नेता तथा कार्यकर्ताहरु संग आसन्न महाधिबेशनमा आफू फेरी सभापतिको उम्मेदबार रहने भन्दै सहयोगको लागि आग्रह गरिरहनु भएको छ ।  

दुई दिन अघि मात्र प्रदेश २का नेताहरु संग छलफल गर्नुभएका सभापति देउवालाई उपसभापति निधिले आफु सभापतिमा उठ्ने भन्दै देउवालई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।