काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३१३० संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट गरी १० हजार ९०४ परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख २२ हजार ६४० जनामा र एन्टिजेन परीक्षणबाट २७ हजार ३०८ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ५ लाख ५९ हजार ९२८ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ७७२ जनाको मृत्यु भएको छ ।