२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोका कारण थुनिएको मर्स्याङदी नदी विस्तारै खुल्दै



अ+ अ-

मनाङ । बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङदी नदी अहिले विस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङदी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको हो । 

उक्त स्थानमा थुनिएको नदी अहिले विस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो । 

सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् । सशस्त्र प्रहरी बल नं.३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ । 

यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफै खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सर्तकता अपनाउन मनाङबासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ ।  जिल्लामा चार वटा स्थानीय तह रहेका छन् । 

चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । 

आज मात्र नार्पाभूमीका पहिरोपिडितका लागि सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उहाँले बताउनुभयो । नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछाने बताउनु भएको छ । रासस