२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका १६ जना डिआईजीको सरुवा, को कहाँ पुगे ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका १६ जना डिआईजी सरुवा भएका छन् । गृहमन्त्री खगराज अधिकारीले उनीहरुलाई सरुवा गरेका हुन् । प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा गरिएको छ । 

यस्तै प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ भने केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा पठाइएको छ ।