काठमाडौं । पछिल्लो समय लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल क्लब हाउसमा ब्राजिलकी सामाजिक अभियन्ता डन्डारा पागुको तस्वीर राखिएको छ ।
नयाँ आइकनमा देखिएकी डण्डारा विशेषगरी काला जातिका महिलाको पक्षमा आवाज उठाइरहेकी छन् । साथै उनी रंगभेद विरुद्धका विभिन्न अभियानमा क्रियाशील छिन् ।
यसअघि क्लब हाउसको एप आइकनमा एसियन अमेरिकन महिला ड्रु क्याटेओकाको तस्वीर थियो, जो भिजुअल आर्टिस्टसँगै प्रविधिज्ञ र सामाजिक अभियन्ता हुन् ।
एपले आफ्नो कभरमा फरक-फरक व्यक्तिको फोटो प्रयोग गर्ने गर्छ । ती व्यक्तिहरु अरु कोही नभएर क्लबहाउस एपकै प्रयोगकर्ता हुन् ।
आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै क्लबहाउसले भनेको छ, “हरेक पटक एप अपडेट हुँदा हामी एपको आइकनलाई फरक देखाउने छौं । हाम्रा सदस्यहरुलाई सम्मान गर्ने यो एउटा तरिका हो ।”