६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्टी देसाइको फेसबुक पेज ह्याक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टि देसाईको फेसबुक पेज ह्याक भएको छ । एक लाख फ्लोवर्स रहेको देसाईको आधिकारीक फेसबुक पेज ह्याकरको निशानामा परेको हो ।

प्रशिक्षक देसाईको फेसबुकबाट म्याफल स्टोरी नामक अन्लाईन गेमको लाईभ स्ट्रिमिङ हुन्छ ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले प्रशिक्षक देसाईको फेसबुक ह्याक भएको बताउदै त्यस पेजबाट हुने कुनै पनि शंकास्पद पोस्ट वा सन्देशहरूसँग अन्तर्क्रिया नगर्न अनुरोध गरेका छन् ।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका प्रमुख ब्याटर कुशल भुर्तेलले पनि उक्त पेजबाट कसैले दुर्व्यवहार गरेमा रिपोर्ट गर्न आग्रह गरेका छन्।