२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : नेदरल्यान्ड्स र अस्ट्रिया नकआउट चरणमा प्रवेश



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत सोमबार राति भएको समूह सी अन्तर्गतको खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया विजयी भएका छन् । यो जितसँगै समूहबाट नेदरल्यान्ड्स ९ अंक सहित पहिलो र अस्ट्रिया ६ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

आज सम्पन्न खेलमा नेदरल्यान्ड्सले नवप्रवेशी टोली नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । नेदरल्यान्ड्सको यो लगातार तेस्रो जित हो ।

नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेले २४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने जर्जिन्हो विन्हाल्डमले ५१ र ५८ औं मिनेटमा दुई गोल गरेका थिए ।

नेदरल्यान्ड्ससँग पराजित मेसेडोनिया भने प्रतियोगितबाट बाहिरिएको छ ।

यसैगरी, समूह सी अन्तर्गतकै अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ । अस्ट्रियाले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरे पनि २१ औं मिनेटमा क्रिस्टोफ बमगार्टनरले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

दुबै टोलीका लागि यो खेल “गर या मर” को अवस्थामा थिए । खेलको अन्त्यसम्म नतिजा जुनसुकै टिमको पक्षमा जाने देखिए पनि अस्ट्रियाले डिफेन्स र आक्रमण दुबैमा राम्रो खेलेर युक्रेनलाई पराजित गरेको थियो ।

अंक तालिका (समूह सी)
देश खेल संख्या अंक
नेदरल्यान्ड्स
अस्ट्रिया
युक्रेन
नर्थ मेसेडोनिया

 

यो नतिजासँगै युक्रेन समूहमा तेस्रो भएको छ, तर प्रतियोगिताबाट बाहिरी सकेको छैन । समूह चरणमा तेस्रो हुनेमध्येका केही टिमले नकआउट चरणमा प्रवेश पाउने भएकाले युक्रेनले अन्य टोलीको अंक तालिका हेर्नु पर्ने हुन्छ ।

आजै राति समूह बी अन्तर्गतका रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीच राति १२.४५ बजे खेल हुनेछ ।