२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : अर्जेन्टिनाद्वारा पाराग्वे पराजित



अ+ अ-

दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेर महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औं मिनेटमा गोल गरेका थिए ।

लियोनेल मेस्सी, सर्जियो अग्वेरो, डि मारिया जस्ता विश्वस्तरीय फरवार्डले सुसज्जित अर्जेन्टिनी टोलीले दक्षिण अमेरिकी अन्य टोलीसँग जितका लागि संघर्ष गर्नु परिरहेको छ ।

अर्जेन्टिनाले समूह चरणमा खेलेका तीन खेलमा दुई जित र एक बराबरी गरेर ७ अंक बनाएको छ । तीन खेलमा अर्जेन्टिनाले तीन गोल मात्र गरेको छ ।

तीन खेल खेलेको चिलीको ५ अंक छ । चिली समूहमा दोस्रो स्थानमा छ । तर दुई खेल मात्र खेलेको पाराग्वे ३ अंक सहित तेस्रो स्थानमा छ ।

 

अंक तालिका ( समूह ए )
देश खेल संख्या अंक
अर्जेन्टिना
चिली
पाराग्वे
उरूग्वे
बोलिभिया

अब बिहीबार ब्राजिल र कोलम्बिया तथा इक्वेडर र पेरुबीच खेल हुनेछ ।