२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चमा एमालेले दिएको भ्याकेट माथि सुनुवाई हुँदै



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका सांसदलाई गरिएको कारबाही बदर गर्ने क्रममा सर्बोच्च अदालतले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई बैधानिकता नदिएपछि त्यस बिरुद्ध दिइएको भ्याकेटको निवेदनमाथि  सुनुवाई हुँदैछ । 

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाई हुनु लागेको हो । एमाले अध्यक्ष केपी ओलीका तर्फबाट पेश भएको भ्याकेटको निवेदनमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने निर्णय आदेशको खारेजीको माग गरिएको छ । 

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कर्णाली प्रदेशका चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई सांसदबाट हटाउँदै पार्टीबाट कारबाही गरेको थियो ।

तर सर्वाेच्च अदालतले एमालेकाे महाधिवेशन आयोजक समितिले गरेकाे कारबाहीलाइ खारेज गरी उनीहरूलाइ पुनर्वहाली गरिदिएकाे थियाे ।