२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिट प्रधानन्यायाधीश राणा र ढुंगानाको इजलासमा सुनुवाई हुदै



अ+ अ-

काठमाडौ ।  काम चलाउ अवस्थामा रहेको सरकारले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै त्यस विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । रिटको   प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले दायर गरेको रिटमा जेठ २५ गते  पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीका नाममा आदेश जारी भएको थियो ।

रिटमा राष्ट्रपति कार्यलय प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यलयलाई विपक्षी बनाईएको छ ।  

रिटमा अन्तरिम आदेशको माग गरिए पनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पुनर्गठन गर्नाका कारण १५ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।