६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारको राजश्व संकलनको अवस्था राम्रो नभएको अर्थमन्त्रीको दाबी

सरकारको राजश्व संकलनको अवस्था राम्रो नभएको अर्थमन्त्रीको दाबी
फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजश्व संकलनको अवस्था राम्रो नभएको बताउनुभएको छ ।

शुक्रबार आर्थिक पत्रकार संघ (नाफिज)को छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले आयात प्रतिवन्ध,कोरोना महामारी ,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजश्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताउनुभएको हो । उहाँले प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचक भन्दा राजश्वको लक्ष्य बढी राखेपनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताउनु भयो ।

अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तिय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताउनु भयो । उहाँले बैंकको कर्जाको ब्याजदर कम गर्नसक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको पनि बताउनु भयो ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङ्कहरु राम्रो रहेको बताउनु भयो । उहाँले मुलुकमा लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि जान जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ,‘अहिले सरकारको राजश्वको अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जिडिपी तथा अर्थतन्त्रका अन्य सूचक भन्दा राजश्वको लक्ष्य बढी राख्दै आएका छौं । नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं । चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ । हेरक वर्ष बढी लक्ष्य राखेपनि करिव लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन । यो वर्ष आयात प्रतिवन्ध,कोरोना महामारीको अवस्था,भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ । आन्तरिक रुपमा कष्ट अफ इन्भेष्टमेण्ट हाई भएको छ । बैंकको ब्याजदर बढी छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रलाई कन्ट्रोल गरेको छ । मूल्य वृद्धि नियन्त्रणमा फोकस भएको भन्नुभएको छ । हाम्रो अर्थतन्त्रको स्वरुप रहेको छ । विदेशबाट आयात गरिएका वस्तुको धेरै हिंसा छ । त्यसबाट मूल्य निर्धारण हुन्छ । त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्य विषय वस्तु बनाउँदा मौद्रिक नीतिका उपकरण प्रयोग गरे पनि नहुन सक्छ । किनकी आयात बढी हुने भएकाले वाह्य मूल्यको प्रभाव हुँदैन । अहिलेको अवस्थालाई सरकारले कही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ । त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौं ।

बैंकको ब्याजदर कम गर्नसक्ने स्कोप कस्तो छ भनेर बैंकहरुले पनि त्यसमा सहयोग गरोस् भनेर । ल्याण्डिङ र निक्षेपको रेट फरक छ । निक्षेपको रेट पनि त्यसमा उच्च छ । यो विषयलाई पनि सरकारले गम्भिर रुपमा हेर्नुपर्छ भन्ने लाग्छ । अर्थतन्त्रमा जनताको जे अपेक्षा छ त्यसले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्छ । ठीक भयो भन्दा त्यो पोजेटिभ रुपमा जान्छ । बिग्रियो भन्दा त्यतैतिर जान्छ । अर्थतन्त्र बिग्रियो भने पनि कतिपय तथ्याङकहरु राम्रा छन् । विदेशी मुद्रा सञ्चिति ठिक छ । हामी सधैँ आर्थिक वृद्धिको रेट उच्च राख्छौं । नेपाल छिमेकी देशको तुलनामा भारत भन्दा कम भएपनि खराब नै भएको भन्ने छैन । लगानीको वातावरणलाई सकारात्मक बनाउन मौद्रिक नीति र सरकारको आर्थिक नीति एउटै लक्ष्य प्राप्तिको लागि जान जरुरी छ ।’

अर्थमन्त्री डा. महतले सरकारले साधरण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने पक्षमा रहेको बताउनु भयो । उहाँले सरकारले साधरण खर्च घटाउने सम्मभावना कम भएपनि सरकार खर्च नगरे पनि हुने खालका खर्चलाई कटौति गर्ने बताउनु भयो । उहाँले उहाँले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आएपनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताउनु भयो । उहाँले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने,आयोजनाको कस्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्तय गर्ने गरी सरकारले तयारी थालेको बताउनु भयो । अर्थमन्त्री महतले सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने,सिमित स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले साधरण खर्चमा अत्याधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौं । धेरै मागहरु आएपनि धेरै कम गर्न कोशिस गर्छौं । साधरण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौं । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ । पुँजीगत खर्च समयमा खर्च नहुनु,पूर्वाधार निर्माणका कार्य समयमा नहुनु,आयोजनाको कस्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्तय गर्नको लागि पनि काम गर्न जरुरी छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् र सिमित स्रोतलाई धेरै आयोजनामा नफालौँ । कहीँ परिणाम नदेखिने,पूरा नहुने जस्ता आयोजना भन्दा पनि प्राथमिकताका आधारमा आयोजनामा बजेट माग गर्न सबै मन्त्रालयलाई आग्रह गरेका छौं । माग बढी भएपनि अहिलेको अवस्थालाई हेरेर बुझ्न आवश्यक छ ।’

अर्थमन्त्री डा. महतलाई नाफिजले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थालाई हेरेर आगामी वर्षको बजेट बनाउन सुझाव दिएको छ । नाफिजले सरकारले श्रमजीवि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारले कार्यक्रम नै बनाउनुपर्ने माग राखेको छ ।