२२ असार २०८३, सोमबार
,
Latest
कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको तेस्रो लहर आउनुभन्दा पहिले नै ‘आरआरआर’को सुटिङ सकाइने



अ+ अ-

एजेन्सी । बाहुबली फेम निर्देशक एसएस राजामौलीको वर्षकै बहुप्रतिक्षित फिल्ममध्ये एक 'आरआरआर'को सुटिङ सुचारु गरिने भएको छ । 

कोरोना भाइरसको दोस्रो लहरका कारण रोकिएको फिल्मको सुटिङ रोकिन पुगेको थियो  । अब फिल्मको लगातार शेड्युल बनाई सुटिङ पूरा गरिने भएको छ । पहिलो गीतहरुको सुटिङ थालिनेछ भने त्यसपछि मुख्य दृश्यहरुलाई खिचिने बताइएको छ । 

आउँदो जुलाई अगस्टमा भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने अनुमान गरिएको छ । यसलाई मध्येनजर गर्दै निर्माण टिमले फिल्मलाई छिटो भन्दा छिटो सकाउन चाहेका छन् । 

राम चरण र जुनियर एनटिआरको अभिनय रहेको यस फिल्ममा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टले साउथमा यसै फिल्मबाट डेब्यु गर्दैछन् ।  करिब ३२५ करोड बजेट रहेको यस फिल्मलाई अवस्था सामान्य भएका अक्टुबरमा रिलिज गरिनेछ । 




भर्खरै