काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४९५४ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरी १६ हजार ९१३ परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख २६ हजार ३४३ जनामा र एन्टिजेन परीक्षणबाट २८ हजार १२७ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ५ लाख ६४ हजार ८८२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।