२८ आश्विन २०८१, सोमबार
,
Latest
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको निर्णय दुरगामी : निवर्तमान मन्त्री कर्ण



अ+ अ-

काठमाडौं । निवर्तमान भूमि व्यवस्था,सरकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । 

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिषद्लाई बदर गरेपछि निवर्तमान मन्त्री कर्णले यस्तो प्रतिक्रिया दिएका हुन् । 

जनता समाजवादी पार्टीका नेता समेत रहेका कर्णले भने “सर्वोच्चको निर्णय भने सबैले मान्नैपर्छ तर यसलाई राजनीतिक प्रभाव हेर्ने हो भने दुरगामी छ, यसको परिणाम पनि हेर्नुपथ्र्यो तीन–चार जना मन्त्रीले देश कसरी चलाउलान् ? ” 

कर्ण जेठ २१ मा प्रधामन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बनेका थिए ।

सर्वोच्चमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति समेत घोषणा गरेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भएको भन्दै त्यस विरुद्द अधिवक्ताहरु दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने,कीर्तिनाथ शर्मा पौडेल, शालिकराम सापकोटा लगायतले  रिट दायर गरेका थिए ।