२२ असार २०८३, सोमबार
,
Latest
आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक भड्खालोमा पुग्न लाग्यो: माधब नेपाल



अ+ अ-

 काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले परिवर्तनकारी सकारात्मक शक्तिहरू एक भै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनु पर्ने उल्लेख गर्नुभएको छ ।

सर्बोच्चको आदेश पछि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता नेपालले  सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा  पुर्याउँदैन र राम्रो परिणाम पनि नदिने जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ–
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो १ जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा  पुर्याउँदैन र राम्रो परिणाम दिँदैन ।

हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा  संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न  सम्पूर्ण  वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!