२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी अस्पतालमा कोरोना उपचार नगर्ने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा  निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिनुभयो । 
 
उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजकासम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ । 

सरकारले कोभिड–१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि  सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० , मध्यम बिरामीका लागि सात हजार  र  गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ ।