२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भियतनामको सामना गर्दै



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले आज मङ्गलबार भियतनामसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । नेपालले दोस्रो खेलमा भियतनामसँगै शनिबार प्रतिस्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो ।