५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन सत्तारुढ ५ दलको निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पाँच दलले संयुक्त अपिल गरेका छन् ।

पाँच दलका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार रहेकालाई जिताउन आग्रह गरेका हुन् । सत्ता गठबन्धनको तर्फबाट तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव उम्मेदवार रहेको शीर्ष नेताहरुले प्रस्ट पारेका छन् ।

संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिल गरेका छन् ।

‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’ संयुक्त जारी वक्तव्यमा भनिएको छ ।