८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीबाट हर्क साम्पाङको प्रश्नः सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन ?



अ+ अ-

काठमाडौँ । धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीको पानी धरानमा झार्ने माग लिएर सिंहदरबार आएका धरानका मेयर हर्क साम्पाङले सिंहदरबारमा श्रम गर्ने बारेमा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै साम्पाङले भनेका छन्, ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन ?’ यस्तै, उनले आफूले पाइप तान्न र ढुंगा बोक्ने कुरा मिस गरिरहेको उल्लेख गरेका छन् ।

मेयर साम्पाङले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मेयर साम्पाङले सिंहदरबारमा विभिन्न मन्त्रीहरुलाई भेट गर्दै ज्ञापनपत्र बुझाएका छन् ।