२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरजुले किन सार्वजनिक गरिन यस्तो तस्विर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको सरगर्मी सुरू हुँदा देउवापत्नी आरजु राणा देउवाले एउटा अर्थपूर्ण पारिवारिक तस्वीर सार्वजनिक गरेकी छन् ।

कांग्रेस महाधिवेशनमा धर्म पनि एउटा महत्वपूर्ण एजेन्डा हुने गर्छ । कांग्रेसभित्र नेपाल हिन्दू राज्यमा फर्किनुपर्छ भन्ने मत निकै बलियो छ । 

तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको जस्तो देखिन्छ ।

आरजुले फेसबुकमा राखेको तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् ।

उनले क्याप्सन यति मात्रै लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो ।’ तस्वीर कहिलेको हो भन्ने आरजुले खुलाएकी छैनन् ।