२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले बोलाए आफूनिकटका नेताहरुको बैठक



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेपछि नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक भोली दिउँसो दुई बजे बस्ने तय भएको छ। बैठकमा महाधिवेशनका बारेमा छलफल हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ । सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग महाधिवेशनका बारेमा छलफल गरिसकेका छन् । 

संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वको दौड सुरु गरिसकेका छन् । उनले सभापति पदका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र पूर्वप्रधानमन्त्री प्रकाशमान सिंहसँग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरेका छन् ।

नेतृत्वका लागि इच्छा राखेका नेता पौडेलले पनि आफ्नो सक्रियता बढाएका हुन् ।