२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने ? : प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले केपी ओलीले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने भनी प्रश्न गरेका छन् । प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको प्रधानमन्त्री भएकाले उनले त्यही पदमा प्रतिस्पर्धा गर्न किन नपाउने भनी प्रश्न गरेका हुन्। 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत नपाएपछि पद गएको टिप्पणी गरेपछि राणाले यस्तो प्रश्न गरेका हुन् ।  

राणाले भने- 'उहाँ त उपधारा ३ बमोजिमको प्रधानमन्त्री हो । विश्वासको मत नपाएको बेग्लै कुरा होला । अनि फेरि प्रस्तिस्पर्धा गर्न नपाउने ?'  

कार्कीले एक पटक विश्वासको मत नपाएपछि राजीनामा दिनुपर्ने तर्क गरे ।'भाँजो हालेर बस्ने होइन । अब अवस्था संविधानको धारा ७६ को उपधारा ५ मा गइसक्यो । उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ७ प्रयोग गर्न पाउँदैन', उनले भने ।