२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२.१८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ बिन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर रु आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए ।

बुधबारको कारोवार पछि बजार पूँजीकरण पनि मङ्गलबारको तुलनामा खुम्चिएको छ । मङ्गलबार रु  ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको बजार पूँजीकरण आज घटेर रु ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको छ ।

कारोवार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८.५४, व्यापार ५५.५६, होटल तथा पर्यटन ६९.७७, विकास बैंक १६०.६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बीमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बीमा ३८७ ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड २० लाख ३६ हजार बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी रु ४२ करोड चार लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी रु ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी रु ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल रु ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै, कारोवारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रसप अफ पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए । यस्ते, कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५।०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाए ।