२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ करोड ६५ लाख बढी अवैध भन्सार बरामद



अ+ अ-

सिंहपुर, रक्सौल । राजश्व चुहावट कार्यमा संलग्न एक जनालाई करिब १९ करोड जरिवाना विगो असुल गरी जरिवाना र कैद माग दावी गरिएको छ । भारत घर भई विरगंज महानगरपालिका वडा नं.५ रेशमकोठी मा बस्ने निवेदिका सिन्हा र निजको बुबालाई सो जरिवाना र कैद माग दावी गरिएको हो । 

बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा १८ करोड ६५ लाख दुई हजार सात सय छ रुपैयाँ विगो असुल गरी निजहरुलाई जरिवाना र कैद माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो । 

सिन्हा श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्दै आएका थिए । सिन्हा र निजको बुबा अशोक कुमार सिन्हाले २२९५७.४८ ग्राम सुन र १०७८.०० ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइछिपाई गरेको अभियोगमा पक्राउ भएका हुन्। 

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरेको खुलाएको छ ।  उक्त कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम जरिवाना, दफा २३(१)(घ) बमोजिम कैद सजाय र बरामद भएको सुनरचाँदी सोही ऐनको दफा ३३(१) बमोजिम जफत हुन मागदावी गरिएको छ ।