२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसिएनले मेलम्ची बाढी पीडितलाई घरदैलोमै पुगेर बाँड्यो राहत



अ+ अ-

काठमाडौंः मानवीय र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्वयंसेवी संस्था भोलेन्टियर कर्प्स नेपाल (भिसिएन)ले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितलाई उनीहरुकै घरदैलोमा पुगेर राहत बाँडेको छ ।

गत असार १ गतेको भिषण बाढी र पहिरोका कारण हेलम्बु र मेलम्ची क्षेत्रलाई तहसनहस बनाएको थियो भने केही व्यक्तिको ज्यान जानुका साथै केही बेपत्ता छन् । बाढीका कारण धेरै स्थानीय बासिन्दाको घरबास नै उठिबास लागेको थियो ।

भिसिएनले सामाजिक उत्तरदायित्वलाई महसुस गरी बाढी प्रभावित क्षेत्रमा राहतका कार्यलाई अघि बढाएको हो ।

यस संस्थाले हाल देशभर फैलिएको कोभिड–१९ को दोस्रो महामारीको अवस्थामा पनि सावर्स एक्सन हङ, चीन (Sowers Action Hong, China) को सहयोगमा स्वास्थ्य केन्द्र एवं अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री, बिरामीको लागि अक्सिजन सिलिन्डर, कन्सन्टेटरका साथै कोभिड आइसोलेसन सेन्टर स्थापना जस्ता कार्यहरु पनि गरिरहेको छ ।

सिन्धुपाल्चोकमा एकाएक उत्पन्न विषम परिस्थितिमा बाढी पीडितहरूको लागि भिसिएनको टोली सम्बन्धित क्षेत्र हेलम्बु गाउँपालिकाको चुरेटार र क्युलमा गणेशे बगरबाट बिस्थापित भई पालमा आश्रित एक सय घरपरिवारलाई राहत बितरण गरेको छ ।

सावर्स एक्सन हङ, चीनको सहयोगमा बितरण भएका सामानहरुमा बत्ती, सय बोरा चामल, दाल, तेल, नुन, खाना पकाउने कराई लगायत भाडाकुँडा एक परिवार एक सेट रहेका छन् ।   

संस्थाका अध्यक्ष दीपक चापागाईका अनुसार यो राहत सानै भए पनि पीडित परिवारलाई ठूलो मद्दत गर्ने बताउनुभयो । उहाँले राहत प्राप्त गर्न नसकेका केही परिवारलाई थप राहतका लागि प्रयास गरिने पनि जानकारी दिनुभयो ।