२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसिएनले मेलम्ची बाढी पीडितलाई घरदैलोमै पुगेर बाँड्यो राहत



अ+ अ-

काठमाडौंः मानवीय र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्वयंसेवी संस्था भोलेन्टियर कर्प्स नेपाल (भिसिएन)ले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितलाई उनीहरुकै घरदैलोमा पुगेर राहत बाँडेको छ ।

गत असार १ गतेको भिषण बाढी र पहिरोका कारण हेलम्बु र मेलम्ची क्षेत्रलाई तहसनहस बनाएको थियो भने केही व्यक्तिको ज्यान जानुका साथै केही बेपत्ता छन् । बाढीका कारण धेरै स्थानीय बासिन्दाको घरबास नै उठिबास लागेको थियो ।

भिसिएनले सामाजिक उत्तरदायित्वलाई महसुस गरी बाढी प्रभावित क्षेत्रमा राहतका कार्यलाई अघि बढाएको हो ।

यस संस्थाले हाल देशभर फैलिएको कोभिड–१९ को दोस्रो महामारीको अवस्थामा पनि सावर्स एक्सन हङ, चीन (Sowers Action Hong, China) को सहयोगमा स्वास्थ्य केन्द्र एवं अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री, बिरामीको लागि अक्सिजन सिलिन्डर, कन्सन्टेटरका साथै कोभिड आइसोलेसन सेन्टर स्थापना जस्ता कार्यहरु पनि गरिरहेको छ ।

सिन्धुपाल्चोकमा एकाएक उत्पन्न विषम परिस्थितिमा बाढी पीडितहरूको लागि भिसिएनको टोली सम्बन्धित क्षेत्र हेलम्बु गाउँपालिकाको चुरेटार र क्युलमा गणेशे बगरबाट बिस्थापित भई पालमा आश्रित एक सय घरपरिवारलाई राहत बितरण गरेको छ ।

सावर्स एक्सन हङ, चीनको सहयोगमा बितरण भएका सामानहरुमा बत्ती, सय बोरा चामल, दाल, तेल, नुन, खाना पकाउने कराई लगायत भाडाकुँडा एक परिवार एक सेट रहेका छन् ।   

संस्थाका अध्यक्ष दीपक चापागाईका अनुसार यो राहत सानै भए पनि पीडित परिवारलाई ठूलो मद्दत गर्ने बताउनुभयो । उहाँले राहत प्राप्त गर्न नसकेका केही परिवारलाई थप राहतका लागि प्रयास गरिने पनि जानकारी दिनुभयो ।