२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली  ‘भिलेन’ हुन्, जनताले चिने : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ‘भिलेन’ को संज्ञा दिएका छन् ।  

आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना पनि गरेका थिए।

प्रधानमन्त्रीकै कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यबाद पनि दिएका छन्।

प्रचण्डले भने ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए ।’

यस्तै दाहालले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताएका छन्।

उनले माधव नेपाल र ओलीलाई एउटै तरिकाले हेर्न नमिल्ने बताएका छन् । 

‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै-उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै-उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं। तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’

उनले अहिले नै नयाँ नेतृत्व फुत्त आउने नभई अहिले भइराखेका नेतालाई नै धोइपखाली गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्री ओलीको आलोचना पनि गरेका छन्। ‘म भए त बालुवाटार बस्न सक्दैनथेँ। उहाँको के कुरा गर्ने ?,’ उनले भने, ‘मन्त्रीलाई नछोड भन्नेरु लाजै नभएपछि के गर्ने ?’

यस्तै उनले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताएका छन्।