२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाई सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइको जारी रहेको छ । आज रिट निवेदक पक्षहरुले  बहस सक्नु पर्ने छ । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीले बहस गर्ने छन् ।

२९ कानुन व्यवसायीका लागि ३ देखी ३० मिनेटको समय तोकिएको छ । जस अनुसार अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेललाई  ३० मिनेट  मुक्ति प्रधानका लागि २५  वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यलाई २० मिनेट निर्धारण गरिएको छ ।

यसै गरी टीकाराम भट्टराईलाई १५ मिनेट समय तोकिएको छ भन्ने अन्यलाई ३ मिनेट समय निर्धारण गरिएको छ ।