२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।  

पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका पाइलट उपरथी राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।