२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले बोलाए आफू पक्षीय भेला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक राजनीति महाधिवेशनले तातेको छ । 

यसपटक पनि नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिको उम्मेदवारका रुपमा रामचन्द्र पौडेल रहेका छन् । वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनको विषयमा छलफल गर्न आफूनिकटका नेताहरुको भेला डाकेका छन् ।  

आज शुक्रबार काठमाडौँको बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेलले आफू पक्षका नेताहरुसँग छलफलमा जुटेका हुन् ।  छलफलमा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, जीवन परियार लगायत सहभागी रहेको स्रोतले बताएको छ । 

यसअघि नै सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा आफू दोहोरिने बताइसकेका छन् । पौडेलले पनि आफ्नो पक्षका नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरेका हुन् र 

कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा हुने तय भएको छ ।