९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न नदिइनुको तात्कालिक कारण न्यायिक समितिको सम्मेलन बताईएको छ ।

काठमाडौंमा भोलि र पर्सी न्यायिक सम्मेलन हुन लागेको छ । प्रज्ञा भवनमा गरिने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका उपमेयर र उपाध्यक्षहरूले भाग लिनेछन् । जसको लागि उपत्यकाबाहिरबाट ५–६ सय गाडी भित्रिन सक्ने महानगरले अनुमान गरेको छ । ती गाडीहरूलाई दुई दिनसम्म पार्किङ गर्न अन्यत्र सम्भव नभएकाले महानगरले खुलामञ्चमा पार्किङ पहिल्यै तय गरिसकेको महानगरका प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीले बताए ।

‘न्यायिक सम्मेलनमा आउने गाडीहरू खुलामञ्चमा पार्किङ गर्न हामीले पहिल्यै तय गरिसकेका छौँ । तर, उहाँहरूको आन्दोलन कति दिन चल्ने हो भन्ने टुंगो भएन । त्यसैले हामीले अन्यत्र बस्न सुझाव दिएका हौँ’, अधिकारीले भने ।  पीडितहरूले कुनै पूर्व जानकारी बिना एक्कासि खुलामञ्च प्रवेश गर्न खोजेपछि रोक्नुपरेको उनले बताए ।

खुलामञ्च पहिले नै पार्किङको लागि तय भएपछि नगर प्रहरीले उनीहरूलाई शान्ति बाटिकामा बस्न सुझाव दिएको अधिकारीले बताए । खुलामञ्च नै चाहिए यति दिनका लागि भनेर लिखित पत्रसहित दिन महानगरले आग्रह गरेको उनी बताउछन् । उनले भने, हामीले शान्ति बाटिकामा बस्नुस् भन्यौँ । यदि खुलामञ्च नै चाहिने भए यति दिनका लागि भनेर लिखित पत्र दिनुस् भन्यौँ । त्यो पनि उहाँहरूले मान्नु भएन’ ।

अधिकृत खुलामञ्च सबैको लागि भएको तर अनिश्चितकालका लागि नभएको बताए । ‘उहाँहरू एक्कासि त्रिपाल बोकेर आउनुभयो । गेटमा आइपुगेर मात्र हामीलाई खबर गर्नुभयो । हामीले कति दिनका लागि हो भनेर सोध्दा जवाफ दिन सक्नुभएन । खुलामञ्च सबैका लागि हो, तर अनिश्चितकालका लागि त कसैलाई पनि ओगट्न दिन मिलेन नि,’अधिकारीले भने ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि विषयमा आफ्नो प्रष्टीकरण दिइसकेका छन् । उनले खुलामञ्च सबैका लागि सधैँ खुल्ला रहने तर, यो आन्दोलनको तयारी शङ्कास्पद रहेको बताए ।

शाहले भनेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरि सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’