काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताहरूको बैठक सकिएको छ ।
मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।
सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।