२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्धाधुन्ध चक्कु प्रहारबाट जर्मनीमा ३ जनाको हत्या



अ+ अ-

एजेन्सी । जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।

जर्मनीको वुर्जबर्ग शहरमा गएरातिको घटनामा तीनको मृत्युका साथै पाँच जना घाइते भएका हुन। घाइतेमध्ये केही गम्भीर घाइते भएको र बच्ने सम्भावना कम रहेको स्थानीय अधिकारीले बताएका छन् ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोडामा गोली हानी नियन्त्रणमा लिईसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई हाल अस्पतालमा राखी प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

ती व्यक्ति जर्मनीले २०१५ मा शरणार्थीहरुका लागि सीमा खुल्ला गरेदेखि जर्मनीमा बस्दै आएको खुल्नमा आएको छ ।