२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न अग्रसर: केपी ओली



अ+ अ-

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको १० दलीय गठबन्धन १० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न तयार भएर बसेको आरोप लगाउनु भएको छ ।

आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पुतलीको लार्भाले रुखलाई निमिट्यान्न पारेझैं १० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न तयार भएर बसेको आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो पुतलीको एउटा स्टेज हुन्छ, लार्भ स्टेज । रुखको पात निमिट्यान्नै पार्दिन्छ । तिनीहरुले त एउटा रुखको पात निमिट्यान्न पार्छन् । यिनीहरुले देशै खुइल्याएर छोड्ने भए । देशै निमिट्यान्न पार्ने भए । दशतिर फर्किएका दश वटा मुख हाउँहाउँ गरेर बसेका छन् । के खाउँ ? के खाउँ गरेर बसेका छन्,।’

अध्यक्ष ओलीले एमालेले हतार नगरी देशलाई यस्ता तत्वहरुबाट मुक्त गराउने बताउनु भयो । उहाँले भन्नुभयो ‘यस्ताहरुबाट देश मुक्त गराउनु छ एमालेले । हत्तार गर्न हुँदैन । हतारोले मात्रै हुँदैन । हामील गराउन सक्थ्यौं, साच्चै एमाले एमालेझैं भएर लागेको भए,।’