२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व माओवादीको समायोजनको विषयमा छलफल गर्न बादल समूह जुट्दै



अ+ अ-

काठमाडौं । पूर्व माओवादीको समायोजनका विषयमा छलफल गर्नका लागि राम बहादुर थापा (बादल) समूहका नेताहरु जुटेका छन् । 

सर्वोच्चले नेकपा एमाले ब्युँत्याएपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनाका विषयमा छलफलका लागि जुटेका हुन् ।

उनीहरुको समायोजनका लागि शनिबार पूर्व माओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भएको हो ।  

छलफलमा सहभागी भएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणी थापा,प्रभु शाह लगायतले सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठाएको स्रोतले बताएको छ ।

स्थायी कमिटी सदस्य मणि थापाले भने विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल भएको बताएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद्‌ सदस्य हुने निर्णय भएको छ ।