१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

रूपान्तरणको अभियान दूरदराजमा पुर्याउन आवश्यक छः प्रधानमन्त्री

रूपान्तरणको अभियान दूरदराजमा पुर्याउन आवश्यक छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो– “शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पु¥याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।”

सो अवसरमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताउनुभयो ।

सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गर्नुभएको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ । त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ । हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन् । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो– “राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ । खासगरी कोभिड–१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ ।”

देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो ।” उहाँले राज्यप्रति नागरिकको अपनत्वबोध गराउने र सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्न सफल हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो– “राजनीति सबै नीतिको केन्द्र हुनुका नाताले सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा राजनीतिको केन्द्रीय भूमिका रहन्छ । हामीले राजनीतिलाई जति आदर्शवान, मर्यादित, नैतिक र जनमुखी बनाउन सक्छौँ, सामाजिक जीवनका अन्य क्षेत्रसमेत त्यसरी नै जिम्मेवार र उत्तरदायी बन्दै जान्छन् । यसका लागि राजनीतिमा देश र जनताको परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति केही गर्ने संकल्प बोकेका युवाको संलग्नता र नेतृत्व अपरिहार्य रहन्छ ।”

सिद्धान्तनिष्ठ, विचारकेन्द्रित, शिक्षित, अनुशासित, राष्ट्र र जनताको जिम्मेवारीबोधले ओतप्रोत युवा शक्तिले मात्र आजको परिस्थितिमा राष्ट्र निर्माणको ऐतिहासिक दायित्व बोध गर्न सक्ने उहाँको प्रष्टोक्ति छ । लायन्सले राष्ट्रिय विपत्तिका हरेक घडीमा आफूलाई अग्रमोर्चामा उभ्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो– “शैक्षिक एवम् सामाजिक गतिविधिमा अग्रसर भएको छ, जनचेतना र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अर्थतन्त्र चलायमान बनाउन एवम् आत्मनिर्भर र व्यवसायी युवा निर्माणका लागिसमेत उत्प्रेरित गरिरहेको छ । यो आफैमा महत्वपूर्ण कुरा हो ।”

आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्ता क्लबले आफ्नो कार्यक्षेत्र र दायरा थप फराकिलो बनाउन आवश्यक रहेकामा प्रधानमन्त्री दाहालले जोड दिनुभयो । उहाँले भन्नुभयो– “तेस्रो कार्यकालका रूपमा मलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नु, निरासालाई चिर्दै देशमा आशाको रक्तसञ्चार सिर्जना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीलाई अवसरमा बदल्नु नै मेरो संकल्प रहेको छ । सरकारको यस संकल्पमा समेत यहाँहरूको सकारात्मक सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”

सामाजिक जीवनमा राष्ट्रिय छवि र प्रतिष्ठा हासिल गरेको क्लबको महाधिवेशनले लायन वर्ष २०२३÷२४ का लागि क्लबको नीतिगत परिस्करण र नयाँ नीति तर्जुमाका साथै कुशल नेतृत्व चयनमा थप सफलता प्राप्त गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो । रासस