३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो



अ+ अ-

काठमाडौँ । बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई शुक्रबार स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पुर्याई अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिइन् ।

उनका अनुसार नेपाल फर्काइएका महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन् । पीडित महिलालाई विभिन्न सङ्घसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताइन् ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ दिदीबहिनीलाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुका साथै विदेशमा पुर्याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् । उनले भनिन्, “तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिलाउने छौँ, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौँ ।”

अलपत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो पोखिन् । उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल रु ७५ दैनिक दिने गरेको जानकारी दिइन् । रासस