५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

मिडफिल्डर सुजलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

मिडफिल्डर सुजलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

सुजलले बिहीबार सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सुरक्षित भविष्यका लागि सुजल आजै राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् । त्यसअघि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताउँदै लेखेका छन् –
मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपालीफुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन

११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसिका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षन लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलि बाट आफ्नो सन्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र म विस्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।

सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।
मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो
जय नेपाली फुटबल

सुजलले सन् २०११ मा भुटानविरुद्ध खेल्दै नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ३७ खेलमा तीन गोल गरेका छन् ।

उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।