५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल
अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको छ ।

बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको हो । उहाँले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताउनु भयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताउनु भयो ।

उहाँले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताउनु भयो । उहाँले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ ।

यो नगदमा कारोबार हुनासाथ कुनैपनि व्यवसायीहरुलाई २ प्रतिशत नाफा महिनामा भयो भनेपनि वर्षमा २४ प्रतिशत हुन्छ । बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन । चालु कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन । नयाँ भिजनमा, नीतिमा मुलुकलाई लैजानुपर्छ । ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने, एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ । यसमा गर्नसक्ने कुरा सरकारको तर्फबाट छिटो भन्दा छिटो फास्ट ट्रयाकमा, एक सुका, एक मोहोर गरेर ब्याजदर तलमाथि गर्ने नभइ गर्नसक्ने कुरा गर्नुपर्छ ।

यो ब्याजको दर घटाउनुपर्छ । बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस्ट रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ । बेस रेटमा पनि देशको माटो सुहाँउँदो व्यवस्था गरेमा बेस रेट पनि घट्छ । यसको लागि सरकारले आज गरौँला, भोलि गरौँला भनेर हुँदैन । हामीले दिन गन्दा गन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ । अमेरिकाका केही बैंकहरु बन्द भए त्यसको कारण के रहेछ भन्दा एक्कासी ब्याजदर बढ्नु रहेछ । हामीसँग पनि ब्याजदर बढेको छ, उद्योगी व्यवसायीले तिर्न सकेको छैन ।’

उहाँले नेपालमा इटालीको आवासीय राजदुतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताउनु भयो । उहाँले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदुतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताउनु भयो ।