२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र माओवादीको गति छाडा पारा देखियो, म सपथ खान्न : दिपक मनाङ्गे



अ+ अ-

गोरखा । गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रालयको सपथ नलिने भएका छन् । मन्त्री मनाङ्गेले गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका हुन्। 

उनी भन्छन्,‘राजनीति वेइमानी हैन, कांग्रेस र माओवादीले गतिछाडा पारा देखायो। जसपालाई अर्थसहित दुई वटा मन्त्रालय, मलाई भौतिक मन्त्रालय दिने भनेर लिखित अलिखित सहमति गर्यो तर अहिले कार्यान्वयन गर्न आलटाल गरिरहेको छ। यसरी हुँदैन, सहमति कार्यान्वन नभएसम्म म सपथ खान्न।’

विधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको २३ दिन भएनी गण्डकी प्रदेश सरकारले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो।