२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

आजको बैठकले एमालेले विधान महाधिवेशन बोलाउनेबारे पनि छलफल हुन सक्ने सम्भावना छ। 

एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ। नेता माधवकुमार नेपाल पक्षविनै अध्यक्ष ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।