१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
अ अ+ अ-

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सुरतको एक अदालतले बिहीबार राहुल गान्धीलाई ‘सबै चोरको उपनाम मोदी’ भन्ने भनाइसँग सम्बन्धित मानहानीको मुद्दामा दोषी ठहर गरेको हो ।

उनलाई २ वर्षको जेल सजाय र १५ हजार जरिवाना पनि तोकिएको छ । त्यसको केही समयपछि उनलाई सोही अदालतले ३० दिनको लागि जमानत पनि दिएको थियो । सुनुवाइका क्रममा राहुल अदालतमा उपस्थित रहे ।

राहुलले अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको बताएका छन् । भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनको भनाई छ । यस मामिलामा उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो । यसअघि १७ मार्चमा अदालतले यस विषयमा सबै बहस सुनेर फैसला सुरक्षित राखेको थियो ।

राहुललाई आईपीसीको धारा ४०० र ५०० अन्तर्गत दोषी ठहर गरिएको छ । यसमा २ वर्षसम्म कैदको व्यवस्था छ । राहुलका वकिलले अदालतलाई भने– ‘यो सम्पूर्ण घटनामा कोही पनि घाइते भएका छैनन् । यसबाट कसैलाई नोक्सान भएको छैन । त्यसकारण हामी कुनै पनि प्रकारको दयाको याचना गर्दैनौं ।’

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक र्‍यालीमा राहुलले आफ्नो भाषणमा ‘चोरको उपनाम मोदी हो’ भनेका थिए । उनले भनेका थिए – ‘किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस् ।’ यस मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी तीन पटक अदालतमा हाजिर भएका थिए । २०२१ अक्टोबरको अन्तिम उपस्थितिको समयमा, उनले आफूलाई निर्दोष बताएका थिए ।