२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै ठाउँबाट सेवा दिन काठमाडौँ महानगरले भाडामा लियो काठमाडौँ प्लाजा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई एकै स्थानबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ प्लाजा भाडामा लिएको छ ।

काठमाडौँ प्लाजा भाडामा लिन महानगरले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ। सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार प्रत्येक पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि हुनेगरी महानगरले १० वर्षका लागि काठमाडौँ प्लाजा भाडामा लिएको हो ।

छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले महानगरले प्लाजा भाडामा लिएको हो। महानगरमा हाल १६ विभाग छन् र ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा अब महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ। २०७२ को भूकम्पअघि महानगरले एकै स्थानबाट सेवा प्रवाह गरिरहेको थियो ।

महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।




भर्खरै