२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको रथ तीन ओटा घोडाले पनि तान्न सकेन : कमल थापा



अ+ अ-

काठमाडौ ।  राप्रपा अध्यक्ष कमल थापाले पार्टीका दुई अध्यक्ष संग आफ्नो गति नमिलेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेख्नु भएको छ हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका खेल्नु पर्ने तर तीनघोडे रथको गतिहिनता अन्त्य हुन सकेन ।

उहाँले लेख्नु भएको छ – राप्रपालाई अग्रणी शक्ति बनाउन,फागुनमा हुने स्थानीय चुनावको तयारी गर्न,तीनघोडे रथको गतिहिनता अन्त्य गर्न र पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ  ।