१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

माओवादी केन्द्रको केन्द्रिय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ ।

यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २/२ जना, जनवर्गिय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रिय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शिर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उहाँले बताउनु भयो । उपमहासचिव तथा केन्द्रिय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताउनु भयो । उहाँले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले महशुस गरेको कुराचाहीँ हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएको छ । हिजो एउटा समयमा हामी स्कुलिङको कामलाई, विचारधाराको कामलाई धेरै ठूलो महत्व दिन्थ्यौँ हामी । अहिले १५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको । कम्युनिष्ट आन्दोलन भनेको विचारधारात्मक आन्दोलन हो । आज नेपालमा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचारहरु बोलवाला हुँदै गएका छन् । विर्सजनवादी विचारहरु देखापर्दै गएका छन् ।

त्यसको एउटा कारण चाहीँ हामीले विचारधारात्मक कामहरुलाई हामीले छोड्यौँ । सामान्यत: आधारभुत शिक्षा लिइसक्नुभएको छ । अब हामी मध्यमस्तरीय पढाइ हुँदै अगाडी जान खोजिराखेका छौँ । प्रशिक्षकहरु उत्पादन गर्ने कार्यक्रम हो । विचार रिचार्ज गरिराख्नु पर्छ अनि मात्र मान्छे सशक्त हुन्छ । आफूलाई मजबुद बनाउँदछ । हामीले आलोचनात्मक चेत भएको मान्छे पनि बनाउन खोजेका हौँ । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौँ ।’

नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, माक्र्सवाद, लेनिनवाद र माओवादका आधारभुत सिद्धान्तहरु जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गर्नुभयो ।

केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताउनु भयो । त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘हामी माक्र्सवादका तीन संगठक अंगहरु दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा छलफल गर्छौं । सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको प्रश्नमा छलफल गर्छौं । विज्ञान, प्रविधिले जसरी समाजलाई प्रभावित गरेको छ, विज्ञान प्रविधिलाई बुझ्ने र परिचालन गर्ने सन्दर्भमा विषयहरुलाई जोडेर यो स्कुल कार्यक्रम सञ्चालन गरिराखेका छौँ ।’

नेकपा(माओवादी केन्द्र) वागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरुलाई नेतृत्व तहसम्म पुर्‍याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरु आवश्यक पर्ने बताउनु हुन्छ । माओवादी केन्द्रले केन्द्रिय समितिमा २० प्रतिशत युवाहरुलाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले माथिल्लो समितिहरुमा पनि युवाहरुलाई भुमिका दिन पार्टीले कोशिस गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘युवाहरुलाई नेतृत्वमा अगाडी बढाउनका लागि माओवादी केन्द्रले विधानमै व्यवस्था गरेर गतवर्ष सम्पन्न आठौँ महाधिवेशनले छलफल गरेर २० प्रतिशत युवाहरुलाई केन्द्रिय समितिमा लाने भनेर नितिगत रुपमै लिएर आएको छ । युवाहरुलाई केन्द्रिय समितिमा प्रतिनिधित्व गरेको छ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमा पनि युवाहरुको प्रतिनिधित्व हुनुपर्छ र हस्तक्षेपकारी नै भुमिका हुनुपर्छ भन्ने खालको पार्टी पंक्तिमा कुरा उठिराखेको छ । र पार्टीले त्यो हिसाबले युवाहरुलाई अगाडी बढाउने कोशिस गरिराखेको छ ।’

उहाँले युवा राजनीतिकर्मीहरुले अध्ययन, अनुसन्धान र वैचारिक कामहरुमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।