१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउनु पर्छः काँग्रेस महामन्त्री थापा

शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउनु पर्छः काँग्रेस महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुुर्‍याउनुपर्ने बताउनु भएको छ ।

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनु भयो ।

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहाुर्‍याउनु भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरु छन् । जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ । पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ गया । यो विषय हामी सबैको विषय हो । खासगरुी नेपाली काँग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौं । हो पनि । त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारीपनि हाम्रो हो । र, शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दलहरु, चाहे हिजोे हामीसँगै रहेको नेकपा एमाले दल वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामूहिक जिम्मेवारी हो । हामी सबैले दलीय संर्कीणता वा तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौ भने अझ यो जटिल बन्दै जान्छ । र, अझै हाम्रा निम्ति भविष्यमा अप्ठयारो पनि सिर्जना हुन्छ । र, यो अन्यायपूर्ण पनि हुन्छ । त्यसैले यसलाई हामीले अहिले टुंग्याउनुपर्ने हुन्छ ।

हामीले समयको महत्वलाई पनि बुझ्नुपर्नें छ । संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउँदै गर्दाखेरी यदि हामीले द्धन्द्धबाट पीडित भएकाहरुको भावनालाई सम्मान गर्न सकेनौ सम्बोधन गर्न सकेनौं । टुंग्याउनुपर्छ भन्ने नाममा जब्बरजस्ती उनीहरुले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौं । उसले त्यो कुरालाई मानेनन् स्विकार गरेनन् भने पनि हामी अप्ठयारोमै पर्छौं । हामीले यसमा पनि ध्यान दिनुपर्नेछ । र, यो विषय शान्ति प्रक्रियाको विषयचाँही हाम्रो विषय हो । सार्वभौम नेपालको हाम्रो सीमा भित्रको विषय हो । हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरु मात्रै होइनन् । यो कतिपय अन्तराष्ट्रिय कानुनसँग जोडिएका विषयहरु छन् । त्यसकारण हामीले टुंग्याउँदै गर्दाखेरी हामीलाई ठिक लागेर मात्रै हुँदैनन् । संसारमा हामी जुन मान्यताहरुमाथि विश्वास गछौं, त्यसको कसीमा यो ठिक देखिन्छ कि देखिदैन भन्ने कुरा तर्फ पनि हामीले ध्यान दिनुपर्नेछ । हामीले मिलेर एक ठाउँमा काम गर्नुपर्नेछ ।

यो पक्ष, त्यो पक्ष नभनिकन काम गर्नु पर्नेछ । म नेकपा एमालेलाई पनि आग्रह गर्छु–यो बेलामा हामी यो, त्यो नभनिकन काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर यो विषयलाई हामीले टुंग्याउनु पर्नेछ । र, हामीले केन्द्रमा चाँही द्धन्द्धबाट पीडित भएकाहरु, जसले आफ्नो परिवानजन गुमाएका छन । उनीहरुको भावनालाई सम्मान गर्ने गरिकन सम्बोधन गर्ने गरीकन उनीहरुले पनि यसलाई मान्ने गरिकन यसलाई टुंगाउनु पर्नेछ । र, हामीले टुंग्याएको कुरा अन्तराष्ट्रिय समूदायको अगाडि हामी सबैले यो यो मान्यताको आधारमा टुंग्याएका छौं भनेर भन्नु पर्छ । संक्रमणकालीन न्यायको विषय टुंग्याउँदै गर्दाखेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालाई गिरिजाप्रसाद कोइरालालाई सम्मान गरेको हुन्छौं ।’

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी समेत गर्नु भयो । उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाई थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘आज प्रत्येक मान्छे मुलुकको अवस्था देखेर आत्तिएको छ । खासगरी तन्नेरीहरु आत्तिएका छन । ठाउँ छोडेर जान चाहिरहेका छन । मान्छेले नेपालमा बसेर गल्ती पो गर्यौँ कि भन्न थालेका छन् । गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको आन्दोलन २०६० सालतिर बरु हामी मान्छेहरुलाई आशावादी बनाउन सकिरहेका थियौं । तर आज हाम्रो सरकार छ । भरेभोली हाम्रो साथीहरु गएर केन्द्रदेखि वडासम्म हाम्रो सरकार छ । ३ सय भन्दा बढि ठाउँमा हाम्रो स्थानीय सरकार छ । अझ गठबन्धन जोड्यौ भने त सरकारनै सरकार हाम्रो छ । अव हामीले कसैलाई दोष दिन पाउँदैनौं ।

हिजो हिसावकिताव संसदमा भयो सक्कियो । हिजो सजिलो थियो । सांसदहरुको हिसावकिताव मिलायो । बहुमतको लाईन नाघ्यो । हाम्रो सरकार बन्यो । तर हिजोबाट घडीको सुई चल्न सूरु भएको छ । यसको हिसावकिताव जनताले राख्छन, नागरिकले राख्छन् । यो हिसावमा हामी खरो उत्रन सक्यौ पास । नागरिकको निराशा घटाउँदै जान सक्यौ हामी पास भयौ । सबै तन्नेरीहरुले देश छोडनुपर्छ भन्ने मान्यता बदल्न सकेनौ भने हामी असफल भयौं । अव हामीले डेलिभरी दिन सकेनौं, तन्नेरीहरुलाई आशावादी बनाउन सकेनौं । यही केही हुन्छ भन्ने बनाउन सकेनौं ।

आज भन्दा भोली राम्रो बनाउन सकेनौ भनेदेखि भने हामीहरु त्यसमा असफल हुन्छौं । यसका निम्ति पनि फर्कने ठाउँ छ । हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेटगर्ने गरेका छौं । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावमा टेकेका छौं ।’

महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।