१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयो: मन्त्री मोदी

बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयो: मन्त्री मोदी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार नपाएका बताउनुभएको छ ।

मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताउनु भयो । उहाँले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाए । आज समावेशिको नाममा माओवादीका मन्त्रीमण्डलमा २/३ जना जनजाति छौँ । एक जना दलित छौँ । एउटा थारुको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो ।’

‘जतिखेर माओवादी आन्दोलनको एउटा सुत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यतिबेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ । तपाई हामी ठूल्ठूला कुरा गर्छौं । त्यतिखेर भोट दिने बेलामा, जतिबेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधानसभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईहरुले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनु भएन । उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ ।’

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उहाँलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभयो ।