४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड– दलित समुदायका लागि नयाँ कार्यक्रम घोषणा गर्छु(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका माग पूरा गर्न सक्ने आफू मात्रै भएको बताउनुभएको छ ।

जातीय छुवाछूतविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार काठमाडौँमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उहाँले दलित समुदायबाट आएका माग आजका मितिमा कसैले पूरा गर्न सक्छन् भने त्यो आफू मात्र भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दलित समुदायले पछिसम्म सम्झने गरी नयाँ कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । दलित समुदायले अहिलेसम्म प्राप्त गरेको अधिकार संघर्षबाट मात्र सम्भव भएको भन्दै उहाँले अधिकार प्राप्तिको लडाइँलाई सांस्कृतिक संघर्षका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।