२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भएको छ– प्रधानमन्त्री



अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेबारे छलफल सुरु भएको बताउनुभएको छ ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास गर्दै उहाँले सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि छलफल सुरु भएको बताउनुभयो ।

हिजोदेखि पुन: राजनीतिक वातावरण बनेको र लय पक्रिएको भन्दै उहाँले सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने पक्षमा भएको बताउनुभयो ।

देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तहसँग एकीकृतरुपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ र प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चलिरहेको छ ।

“जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृतरूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दैछु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ”, उहाँले भन्नुभयो ।