५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखबाट पत्रकारका सन्दर्भमा व्यक्त विचार फिर्ता



अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले केही दिन अघि पत्रकारका सन्दर्भमा व्यक्त बिबादास्पद बिचार फिर्ता लिनु भएको छ ।

केही दिन अघि दिनु भएको उहाायता उहाँको अभिव्यक्तिको बिरोध भएको थियो । आज नेपाल पत्रकार महासंघका प्रतिनिधि बिच उहाँकै कार्यकक्ष सिंहदरबारमा सभामुख र महासंघको नेतृत्वबीच भएको छलफल उहाँले आफ्नो अभिव्यक्ति फिर्ता लिनु भएको हो ।

महासंघका महासचिव रोशन पुरीका अनुसार नेपाली पत्रकार र नेपाली प्रेसका सन्दर्भमा दुई दिनअघि व्यक्त विचार फिर्ता लिँदै सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँका अनुसार पत्रकार महासंघ र संघीय संसदको नेतृत्व दुबैले बन्ने क्रममा रहेका सञ्चार सम्बद्ध कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार मैत्री बनाउन सहकार्य गरेर पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।